गन्ती
Chapter 34
नेपाली बाइबल1परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।
3त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।
4यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।
5सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।
6यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।
7अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।
8होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।
9तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।
10तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।
11शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रकोछेउ सम्म जानेछ।
12त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”
13यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ।
14रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।
15ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”
16त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
17“यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।
18प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ।
19ती कुलसमूह नायकहरूको नाम यस प्रकार छःयहूदाको कुलबाट यपून्नेका छोरो कालेब,
20सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,
21बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,
22दानको कुलबाट योगीलीको छोरो बुक्की,
23यूसुफको सन्तानहरू मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल,
24यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,
25जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,
26इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,
27आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,
28नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”
29इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.