Home गन्ती 25 · नेपाली बाइबल

गन्ती

Chapter 25

नेपाली बाइबल
1शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।
2मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देव-देवताहरू पूज्न थाले।
3यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।
4परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”
5मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”
6जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरूषले एउटी मिद्यानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रून थाले।
7हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।
8त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।
9त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे।
10परमप्रभुले मोशालाई भन्नुभयो,
11“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
12यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु।
13शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”
14जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री।
15त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।
16परमप्रभुले मोशालाई भन्नुभयो,
17“मिद्यानी मानिसहरूसित शत्रु भई तिनीहरूलाई परास्त गर।
18किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिमीहरू तिनीहरूको शत्रु बने।”
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme