उत्पत्ति
Chapter 7
नेपाली बाइबल1त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरुमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।
2सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरु र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु।
3अनि सबै जातका चराहरुबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरु अरु सबै ध्वंश गरिए पछि यिनीहरुका जातिहरुलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ।
4अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरु ध्वंश पार्नेछु।”
5अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।
6जब पृथ्वीमा प्रलय आयो न्ह 600 वर्ष पुगेका थिए
7प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरु अनि पत्नी र बुहारीहरु लिएर जहाजभित्र पसे।
8तब प्राणीहरु, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए।
9परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरु तथा घस्रिने प्राणीहरु आए।
10अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।
11नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए।
12अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो।
13त्यही दिन नूह, उसकी पत्नी, छोराहरु शेम, हाम र येपेत अनि बुहारीहरु जहाज भित्र गए।
14ती मानिसहरु, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरु, घरमा पालिने पशुहरु, भूँईमा घस्रने जन्तुहरु अनि प्रत्येक जातका चराहरु जहाजमा पसे।
15यी सबै पशु-चराहरु नूहसंगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरु भाले र पोथीको जोडीको दलमा ती पशु चराहरु जहाजमा आए।
16यी सबै पशुहरु परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।
17जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।
18पानीको स्तर माथि उठ्यो अनि नाव पानीमा तैरिन थाल्यो।
19पानी यति साह्रो बढयो अग्लो-अग्लो पहाडहरु पनि पानीले ढाकिए।
20एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरु पनि पानीमा बीस फिट डुबे।
21पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरु घरेलु पशुहरु, र जंङ्गली पशुहरु,
22पृथ्वीमाथि उड्ने सबै प्राणीहरु अनि सबै सजीव वस्तुहरु जो सुख्खा भूमिमा थिए मरे।
23यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे।
24एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.