Home इजकिएल 31 · नेपाली बाइबल

इजकिएल

Chapter 31

नेपाली बाइबल
1देशबाट निकालिएको एघारौं वर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2“हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन “‘तिमी अति नौ महान छौ। तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?
3अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।
4पानीको मूलले त्यसलाई पोषण गर्यो। नदीको पानीले त्यसलाई अग्लो बनायो! नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे। जहाँ रूखहरू रोपिएका थियो। अरू मैदानको रूखहरूकोलागि यहींबाट पानीको नालाहरू जान्थे।
5यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।
6रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे।
7यसकारण रूख आफ्नो महानता अनि लामो हाँगाहरूमा सुन्दर थियो। किन? किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।
8परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो।
9मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले यो रूखको ईर्ष्या गर्थ्यो!”‘
10यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।
11यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ।
12विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।
13अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।
14“अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”
15परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए।
16मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।
17हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।
18“यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme