इजकिएल
Chapter 29
नेपाली बाइबल1देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2“हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल।
3भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”
4तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु। नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु। तिम्रो कत्लाहरूमा टाँसिएका माछाहरूसितै तिमीलाई म नदीबाट बाहिर निकालिदिनेछु।
5म तिमीलाई सबै माछाहरूसितै मरूभूमिमा फ्याँकिदिनेछु अनि तिमी जमीनमा खस्नेछौ।
6तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। म यो कामहरू किन गर्दैछु? किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।
7इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे। तर तिमीहरू घरल्याम्मै लड्यौ अनि तिनीहरूको काधँहरूमा चोट पुर्यायो। तिनीहरू सहायताको लागि तिमीमाथि भर परे। तर तिमी भाँच्चियौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ।”‘
8यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म तिम्रो विरूद्धमा तरवार चलाउँछु! म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।
9मिश्र देश शून्य अनि नष्ट हुनेछ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’
10यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।
11मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्।
12म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”
13परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु।
14म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन।
15यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन।
16अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”
17देशबाट निकालिएको सत्ताईसौं वर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
18“हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”
19यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ।
20मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
21“त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.