Home Bibles ☰ Books जकरिया 4:1 · नेपाली बाइबल
जकरिया 4:1 · नेपाली बाइबल

तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

Cross references

1 राजा 19:5

तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”

यर्मिया 31:26

यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

दानियल 8:18

ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।

दानियल 10:8

अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।

जकरिया 1:9

मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”

जकरिया 1:13

तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरु भन्नुभयो।

जकरिया 1:19

अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”

जकरिया 2:3

त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

जकरिया 3:6

त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः

लूका 9:32

पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।

लूका 22:45

जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।

Interlinear

Choose Theme