Home Bibles ☰ Books जकरिया 4:2 · नेपाली बाइबल
जकरिया 4:2 · नेपाली बाइबल

तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।

Cross references

प्रस्थान 25:31

“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

प्रस्थान 37:17

त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।

प्रस्थान 40:24

उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।

1 राजा 7:49

यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे।

1 इतिहास 28:15

सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।

2 इतिहास 4:7

सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।

2 इतिहास 4:20

सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।

2 इतिहास 13:11

तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।

उपदेशक 12:6

चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।

यर्मिया 1:11

परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो “यर्मिया, तिमीले के देख्छौं?”मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”

यर्मिया 52:19

राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।

आमोस 7:8

परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो,“हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरुको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।

जकरिया 5:2

स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?”मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

Interlinear

Choose Theme