Home Bibles यर्मिया 29:10 · नेपाली बाइबल
यर्मिया 29:10 · नेपाली बाइबल

परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।

Cross references

2 इतिहास 36:21

यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

एज्रा 1:1

प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः

एज्रा 1:2

“फारसका राजा कोरेस यो भन्नुहुन्छःपरमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।

भजनसंग्रह 102:14

तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ, तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।

यर्मिया 24:6

म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।

यर्मिया 25:11

त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।

यर्मिया 25:12

“तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।

यर्मिया 27:7

सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन।

यर्मिया 27:22

ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।” यो सन्देश परमप्रभु भन्नुहुन्छ, “तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।”

यर्मिया 29:32

यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘आशाका वचनहरू

यर्मिया 32:42

यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।

यर्मिया 33:14

यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु।

इजकिएल 11:17

यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।

दानियल 9:2

दाराको राज्य कालको पहिले वर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुननिर्माण कति वर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिला को यरूशलेम फेरि बनाउन, सत्तरी वर्ष लाग्नेछ।

सपन्याह 2:7

तब त्यो भूमि यहूदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहूदाबाट मानिसहरूले तिनीहरूका भेडालाई घाँस खान ती भूमिमा डोर्याउँने छन्। अनि साँझमा तिनीहरू अश्कलैनको खालि घरहरूमा सुत्नेछन्।

जकरिया 7:5

“पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

Interlinear

Choose Theme