त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”
Cross references
त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”
तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।
तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’
तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थूक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’
तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
बोअजले भने, “तिमी को हौ?”तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”