Home Bibles रूथ 3:9 · नेपाली बाइबल
रूथ 3:9 · नेपाली बाइबल

बोअजले भने, “तिमी को हौ?”तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”

Cross references

रूथ 2:10

तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”

रूथ 2:20

तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”

रूथ 3:12

अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।

रूथ 4:4

तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”

रूथ 4:6

त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”

1 शमूएल 25:41

अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”

इजकिएल 16:8

मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

लूका 14:11

किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।

Interlinear

Choose Theme