Home Bibles ☰ Books रूथ 4:5 · नेपाली बाइबल
रूथ 4:5 · नेपाली बाइबल

तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”

Cross references

उत्पत्ति 38:8

त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”

व्यवस्था 25:5

“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।

रूथ 3:12

अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।

रूथ 3:13

आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”

मत्ती 22:24

तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।

लूका 20:28

“गरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्युको लागि सन्तान जन्माउनु पर्छ।

Interlinear

Choose Theme