रूथ 4:7 · नेपाली बाइबल
(धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।)
Cross references
व्यवस्था 25:7
यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’
व्यवस्था 25:9
तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थूक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’