आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”
Cross references
“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।
गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”
तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”
त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”
‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।
म तिमीहरूलाई यो भन्छु अनि यो साँचो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुखाउनु चाहन्नथे।
शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।