अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
Cross references
तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।
येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
अनि त्यसकारण शावल विश्वासीहरूसंगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिडे।
बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।
तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।
यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे।
जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।
यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।
येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर र्फकिए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।
तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।
त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।
पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।
उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।
पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए।
त्यसपछि तिनीहरू एफिसस्मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।
अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।
परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।
जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसंग विदा लिएर म्यासिडोनिया गए।
अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौंै। हामी त्यहाँ सात दिन बस्यौं।
मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाँए।