Home Bibles प्रेरित 14:6 · नेपाली बाइबल
प्रेरित 14:6 · नेपाली बाइबल

जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

Cross references

2 राजा 6:8

अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”

मत्ती 10:23

जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

प्रेरित 9:24

यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।

प्रेरित 14:20

येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर र्फकिए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।

प्रेरित 16:1

पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास र्गथिन्। उनको बाबु ग्रीक थिए।

प्रेरित 17:13

विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।

प्रेरित 23:12

अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।

2 तिमोथी 3:11

तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

Interlinear

Choose Theme