Home Bibles प्रेरित 22:17 · नेपाली बाइबल
प्रेरित 22:17 · नेपाली बाइबल

“त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।

Cross references

प्रेरित 9:26

त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्।

प्रेरित 10:9

अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो।

प्रेरित 26:20

मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।

2 कोरिन्थी 12:1

अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु।

गलाती 1:18

तीन र्वषपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थे। पत्रुससित म पन्ध्र दिन बसे।

प्रकाश 1:10

परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

Interlinear

Choose Theme