यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।
Cross references
लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरूभूमिमा र्बसिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।
येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।
तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड”
म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।
तर पत्रुसले भने, “मसंग कुनै सुन अथवा चाँदी छैन, तर मसंग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”
लिड्डामा तिनको एकजना आठ र्वष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससंग भेट भयो। एनियास आफ्नो विछ्योैनाबाट चल्न सक्तैन थियो