मैले सुनें तिनीहरुको सेनामा घोडा-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।
Cross references
परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।
उसले अश्शूरको सैनिकलाई तिनीहरूको वैजनी वस्त्र देखी तिनीहरू घोडाहरूमा चढने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहरू राजपालहरू अनि अधिकारीहरू थिए।
म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्।
“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।
“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।
तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।
तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।