Home Bibles ☰ Books प्रकाश 9:17 · नेपाली बाइबल
प्रकाश 9:17 · नेपाली बाइबल

मेरो दिव्य दृष्टिमा मैले घोडाहरु अनि घोड-सवाहरुलाई देखेँ। तिनीहरु यस्ता देखिन्थे तिनीहरुका कवचहरु आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरु सिंहका शिरहरु जस्तै देखिन्थे। घोडाहरुको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो।

Cross references

उत्पत्ति 19:24

त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।

1 इतिहास 12:8

गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।

भजनसंग्रह 11:6

उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।

यशैया 5:28

शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरु हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उडनेछन्।

यशैया 30:33

धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।

इजकिएल 33:22

अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो।

प्रकाश 9:9

तिनीहरुका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरुको पखेटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरुले उत्पन्न गरोका आवाज जस्तै थिए।

प्रकाश 9:18

पृथ्वीका सम्पूर्ण मानिसहरुका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरु आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।

प्रकाश 11:5

यदि कुनै मानिसले ती साक्षीहरुलाई घात गर्ने प्रयास गरे ती साक्षीहरुका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरुलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।

प्रकाश 14:10

त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरु अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।

प्रकाश 19:20

तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।

प्रकाश 20:10

अनि शैतान जसले मानिसहरुलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै पयाँकिएका थिए। त्यहाँ दिन रात सदासर्वदा तिनीहरुलाई सजाय भोगाइनेछ।

प्रकाश 21:8

तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”

प्रकाश 21:20

तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।

Interlinear

Choose Theme