यी चार स्वर्गदूतहरुलाई यस घडी दिन, महीना अनि र्वषको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरुलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरुलाई मार्न भनी मुक्त गरिए।
Cross references
पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरु अनि एक-तिहाइ रुखहरु जले।
अनि एक-तिहाइ समुद्रका प्राणीहरु मरे, अनि एक-तिहाइ जहाजहरु नष्ट भए।
त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरु मरे।
ती सलहहरुलाई, मानिसहरुलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरुलाई मानिसहरुलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरुले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो।
ती सलहहरुको पुच्छर विच्छीका जस्ता खिलहरु भएका थिए। मानिसहरुलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरुको पुच्छरमा थियो।
पृथ्वीका सम्पूर्ण मानिसहरुका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरु आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।