Home Bibles प्रकाश 5:11 · नेपाली बाइबल
प्रकाश 5:11 · नेपाली बाइबल

तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।

Cross references

व्यवस्था 33:2

मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।

1 राजा 22:19

तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।

2 राजा 6:16

एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”

भजनसंग्रह 68:17

परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

भजनसंग्रह 148:2

हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

दानियल 7:10

“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।

हिब्रू 12:22

तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।

प्रकाश 4:4

सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।

प्रकाश 4:6

सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।

प्रकाश 4:9

यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,

प्रकाश 5:6

तब मैले ती चार सजीव वस्तुहरु अग्रजहरुले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेडाको पाठा उभिरहेको देखें। त्यो भेंडाको पाठा मारिएको थुमा जस्तो देखिनथ्यो। त्यसका सातवटा सिङ्ग अनि सातवटा आँखहरु थिए, यी परमेश्वरका सात-आत्माहरु हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।

प्रकाश 5:14

ती चार सजीव वस्तुहरुले भने, “आमिन!” अनि अग्रजहरुले घुँडाडा टेके अनि आराधना गरे।

प्रकाश 7:11

अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।

प्रकाश 19:6

त्यसपछि मैले ठूलो भीडले गरेको आवाज जस्तै, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै यसो भन्दै गरेको सुने“हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहाशक्तिशाली हुनुहुन्छ।

Interlinear

Choose Theme