तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।
Cross references
त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ।
शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।
त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।
एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, “मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।
येशूले चेलाहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।
तब त्यस नोकरले मालिकलाई भन्यो, मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।
मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ।
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।
परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!
मैले सुनें तिनीहरुको सेनामा घोडा-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।