Home Bibles भजनसंग्रह 90:2 · नेपाली बाइबल
भजनसंग्रह 90:2 · नेपाली बाइबल

परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ।

Cross references

उत्पत्ति 1:1

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

प्रस्थान 8:6

यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।

अय्यूब 15:7

अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?

अय्यूब 36:26

हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।

अय्यूब 38:4

“तिमी कहाँथियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।

अय्यूब 38:28

के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ?

भजनसंग्रह 33:9

किन? किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।

भजनसंग्रह 93:2

परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।

भजनसंग्रह 102:13

तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।

भजनसंग्रह 102:24

यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।

भजनसंग्रह 102:25

धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।

भजनसंग्रह 103:17

तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।

भजनसंग्रह 146:6

परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।

हितोपदेश 8:25

पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि, म जन्मिएको थिएँ।

यशैया 44:6

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।

यशैया 45:22

टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।

यशैया 57:15

परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

दानियल 7:9

“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।

मीका 5:2

तर हे बेतलेहम एप्रात, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै अघि देखि।

हबकूक 1:12

हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।

1 तिमोथी 6:15

ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

हिब्रू 1:10

परमेश्वर अझै भन्नुहुन्छ“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।

हिब्रू 13:8

येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।

प्रकाश 1:8

प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

Interlinear

Choose Theme