यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।
Cross references
यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।
मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।
अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”
“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।
जलचर प्राणीहरू मध्ये जसको पखेटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।
हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।
सुलेमानले भनेः“इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।
परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ।