Home Bibles 1 तिमोथी 6:15 · नेपाली बाइबल
1 तिमोथी 6:15 · नेपाली बाइबल

ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

Cross references

एज्रा 7:12

आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा,व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिःअभिवादन!

भजनसंग्रह 47:2

सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।

भजनसंग्रह 83:18

तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

भजनसंग्रह 136:3

परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

हितोपदेश 8:15

मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।

यर्मिया 10:10

तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

यर्मिया 46:18

जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”

दानियल 2:44

“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

दानियल 4:34

तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।

मत्ती 6:13

हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।

1 तिमोथी 1:11

यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।

1 तिमोथी 1:17

जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।

1 तिमोथी 2:6

सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।

प्रकाश 17:14

तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

प्रकाश 19:16

तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो

Interlinear

Choose Theme