Home Bibles अय्यूब 36:26 · नेपाली बाइबल
अय्यूब 36:26 · नेपाली बाइबल

हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।

Cross references

1 राजा 8:27

“तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

अय्यूब 10:5

के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?

अय्यूब 11:7

अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।

अय्यूब 26:14

यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

अय्यूब 37:5

परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।

अय्यूब 37:23

सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।

भजनसंग्रह 90:2

परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ।

भजनसंग्रह 102:24

यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।

भजनसंग्रह 145:3

परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।

1 कोरिन्थी 13:12

हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।

हिब्रू 1:12

तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

2 पत्रुस 3:8

यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।

Interlinear

Choose Theme