Home Bibles ☰ Books भजनसंग्रह 146:6 · नेपाली बाइबल
भजनसंग्रह 146:6 · नेपाली बाइबल

परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।

Cross references

उत्पत्ति 1:1

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

प्रस्थान 20:11

किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

व्यवस्था 7:9

“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।

अय्यूब 38:8

अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?

भजनसंग्रह 33:6

परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।

भजनसंग्रह 89:2

तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।

भजनसंग्रह 89:33

तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।

भजनसंग्रह 95:5

सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।

भजनसंग्रह 98:3

परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।

भजनसंग्रह 100:5

परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

भजनसंग्रह 115:15

परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!

भजनसंग्रह 117:2

परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ। परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 136:5

परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Interlinear

Choose Theme