Home Bibles हितोपदेश 30:27 · नेपाली बाइबल
हितोपदेश 30:27 · नेपाली बाइबल

सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

Cross references

प्रस्थान 10:4

यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु।

प्रस्थान 10:13

यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो।

प्रस्थान 10:14

सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन।

प्रस्थान 10:15

ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।

भजनसंग्रह 105:34

परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।

योएल 1:4

जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।

योएल 1:6

एउटा ठुलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्।तिनीहरुका दाँतहरु सिंहका जस्तै छन्। तिनहरुका दाह्राहरु सिंहीनीका जस्तै छन्।

योएल 2:7

तिनीहरु योद्धाहरु झैं दगुर्छन्। तिनीहरु युद्धका मानिसहरु झैं पर्खालमाथि चढ्छन। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरु पंक्ति नबिगारी हिंडछन्।

योएल 2:8

उनीहरु एक अर्कामाथि ठेलाठेल गर्दैनन्। प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्। यदि कुनै सेनालाई चोट लागेर लडे पनि अरु सेनाहरु अघि बढि रहन्छन्।

योएल 2:25

“म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।

प्रकाश 9:3

तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।

Interlinear

Choose Theme