सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन।
Cross references
यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।
सलहहरूले जमीन ढाक्नेछन। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्।
मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःख पूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।
तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ।
“धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।
परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।
सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।
हे अगुवाहरु हो यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरु हो! तिमीहरु मेरो कुरामा ध्यानदेऊ। के तिमीहरुको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन! के तिमिहरुका पिता-पुर्खाहरुको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!
जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।
सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरुलाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्? परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।
तिनीहरु कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरु घरमाथि चढछन् अनि झ्यालबाट चोरहरु जस्तै भित्र पस्छन्।
तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।