Home Bibles योएल 2:7 · नेपाली बाइबल
योएल 2:7 · नेपाली बाइबल

तिनीहरु योद्धाहरु झैं दगुर्छन्। तिनीहरु युद्धका मानिसहरु झैं पर्खालमाथि चढ्छन। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरु पंक्ति नबिगारी हिंडछन्।

Cross references

2 शमूएल 1:23

शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।

2 शमूएल 2:18

सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।

2 शमूएल 5:8

त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।”यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउदैन।”

1 इतिहास 12:36

आशेर कुल समूहबाट युद्धका निम्ति 40,000 शिक्षित सैनिकहरू तयार थिए।

भजनसंग्रह 19:5

घाम एक र्हषित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ। घाम एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।

हितोपदेश 30:27

सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

यशैया 5:26

हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिट्टो-छिटो हिंडिरहेका छन्।

यर्मिया 5:10

यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।

योएल 2:9

तिनीहरु कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरु घरमाथि चढछन् अनि झ्यालबाट चोरहरु जस्तै भित्र पस्छन्।

Interlinear

Choose Theme