Home Bibles भजनसंग्रह 105:34 · नेपाली बाइबल
भजनसंग्रह 105:34 · नेपाली बाइबल

परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।

Cross references

प्रस्थान 10:12

परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”

प्रस्थान 10:14

सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन।

प्रस्थान 10:15

ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।

भजनसंग्रह 78:46

परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।

योएल 1:4

जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।

योएल 2:25

“म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।

प्रकाश 9:3

तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।

Interlinear

Choose Theme