Home Bibles हितोपदेश 28:2 · नेपाली बाइबल
हितोपदेश 28:2 · नेपाली बाइबल

जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।

Cross references

उत्पत्ति 45:5

अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

1 राजा 15:25

आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।

1 राजा 15:28

आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।

1 राजा 16:8

आसा यहूदाका राजा भएको समय छब्बीसौ वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ वर्ष शासन गरे।

1 राजा 16:21

इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।

2 राजा 15:8

यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।

2 इतिहास 32:20

राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।

2 इतिहास 36:1

यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।

अय्यूब 22:28

यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।

उपदेशक 9:15

तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।

यशैया 3:1

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

यशैया 58:12

तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”

दानियल 4:27

यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”

होशे 13:11

म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।

Interlinear

Choose Theme