Home Bibles 2 इतिहास 36:1 · नेपाली बाइबल
2 इतिहास 36:1 · नेपाली बाइबल

यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।

Cross references

2 राजा 23:30

योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे।तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।

2 राजा 23:31

यहोआहाज तेईस वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्।

2 राजा 24:1

यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।

1 इतिहास 3:15

यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

2 इतिहास 26:1

त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र वर्षका हुँदा यस्तो भयो।

2 इतिहास 33:25

तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।योशियाह यहूदाका राजा

यर्मिया 22:11

यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।

इजकिएल 19:3

ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।

Interlinear

Choose Theme