Home Bibles 2 राजा 15:8 · नेपाली बाइबल
2 राजा 15:8 · नेपाली बाइबल

यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।

Cross references

2 राजा 10:30

परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”

2 राजा 14:16

योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।

2 राजा 14:21

तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।

2 राजा 14:29

यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।

2 राजा 15:1

यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।

आमोस 7:9

इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ।इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”

Interlinear

Choose Theme