Home Bibles 1 राजा 16:21 · नेपाली बाइबल
1 राजा 16:21 · नेपाली बाइबल

इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।

Cross references

1 राजा 15:25

आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।

1 राजा 15:28

आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।

1 राजा 16:8

आसा यहूदाका राजा भएको समय छब्बीसौ वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ वर्ष शासन गरे।

1 राजा 16:29

आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।

हितोपदेश 28:2

जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।

यशैया 9:18

दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

यशैया 19:2

परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।

मत्ती 12:25

येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।

1 कोरिन्थी 1:12

मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मैंन्छु,” कसैले “म अपोल्लोसलाई मैंन्छु;” कसैले “म केफासलाई मैंन्छु;” अनि कसैले “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे।

एफिसी 4:3

आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

Interlinear

Choose Theme