Home Bibles हितोपदेश 2:12 · नेपाली बाइबल
हितोपदेश 2:12 · नेपाली बाइबल

ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।

Cross references

भजनसंग्रह 17:4

मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।

भजनसंग्रह 26:4

म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।

भजनसंग्रह 101:4

म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन।

भजनसंग्रह 141:4

मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, जब दुष्ट मानिसहरूले अनुचित काम गर्छन् मलाई दुष्ट तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।

हितोपदेश 1:10

हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।

हितोपदेश 3:32

किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

हितोपदेश 4:14

दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।

हितोपदेश 6:12

एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि

हितोपदेश 8:13

परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।

हितोपदेश 9:6

अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।

हितोपदेश 13:20

जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

हितोपदेश 16:28

एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।

यशैया 59:3

तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

प्रेरित 20:30

तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बड्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्।

1 कोरिन्थी 15:33

भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”

2 कोरिन्थी 6:17

“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।”

Interlinear

Choose Theme