Cross references
अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।
जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ।-3-
येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्।
अनेकौं झूटा अगमवक्ताहरू घृणा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई झुटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्।
झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।
मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।
दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।
धेरै मानिसहरु तिनीहरुले गरेका नराम्रा कुराहरु अनुसरण गर्छन्। तिनीहरुले गर्दा सत्य मार्गलाई अरु मानिसहरुले आलोचना गर्छन्।
ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।
त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।
समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।