Home Bibles हितोपदेश 4:14 · नेपाली बाइबल
हितोपदेश 4:14 · नेपाली बाइबल

दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।

Cross references

भजनसंग्रह 1:1

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।

भजनसंग्रह 26:4

म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।

हितोपदेश 1:10

हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।

हितोपदेश 1:15

हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख्।

हितोपदेश 2:11

ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।

हितोपदेश 5:8

स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।

हितोपदेश 7:8

त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।

हितोपदेश 9:6

अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।

हितोपदेश 13:20

जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

हितोपदेश 22:25

नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ।-3-

हितोपदेश 24:1

दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर।

1 कोरिन्थी 15:33

भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”

Interlinear

Choose Theme