Cross references
दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेडाहरू मरूभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
तिनीहरूका निन्दा र धम्की सुन्नु होस्। तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्, तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।
तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।
किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।