Home Bibles हितोपदेश 2:13 · नेपाली बाइबल
हितोपदेश 2:13 · नेपाली बाइबल

यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।

Cross references

अय्यूब 24:13

कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।

भजनसंग्रह 14:3

तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्।

भजनसंग्रह 36:3

उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।

भजनसंग्रह 82:5

“तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”

हितोपदेश 4:19

दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।

हितोपदेश 21:16

जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।

यशैया 59:8

ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

इजकिएल 18:26

यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ।

इजकिएल 33:12

हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’

सपन्याह 1:6

कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”

मत्ती 12:43

‘जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन।

यूहन्ना 1:6

परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।

यूहन्ना 2:9

विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र

यूहन्ना 3:19

मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।

यूहन्ना 12:35

तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

रोमी 1:21

मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।

1 थिस्सलोनिकी 5:5

तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ।

2 तिमोथी 4:10

डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए।

हिब्रू 6:4

मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।

2 पत्रुस 2:20

ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

1 यूहन्ना 2:19

ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।

Interlinear

Choose Theme