Home Bibles गन्ती 3:19 · नेपाली बाइबल
गन्ती 3:19 · नेपाली बाइबल

कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।

Cross references

प्रस्थान 6:16

लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

प्रस्थान 6:18

कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।

प्रस्थान 6:20

अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।

गन्ती 3:27

अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।

1 इतिहास 6:18

कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

1 इतिहास 6:38

कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।

1 इतिहास 15:5

कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।

1 इतिहास 15:8

एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।

1 इतिहास 15:17

तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

1 इतिहास 23:12

कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

1 इतिहास 23:18

यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।

1 इतिहास 25:4

हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए।

1 इतिहास 26:1

कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।

नहेम्याह 12:1

यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः सरायाह, यिर्मयाह, एज्रा,

जकरिया 12:13

लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि अलग-अलग, एकलै-एकलै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्।

Interlinear

Choose Theme