Home Bibles ☰ Books नहेम्याह 12:1 · नेपाली बाइबल
नहेम्याह 12:1 · नेपाली बाइबल

यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः सरायाह, यिर्मयाह, एज्रा,

Cross references

1 इतिहास 3:17

यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,

एज्रा 2:1

त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।

एज्रा 3:8

दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।

एज्रा 4:2

तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”

एज्रा 5:2

तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।

नहेम्याह 7:7

तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः

नहेम्याह 10:2

सारयाह, अजर्याह, यिर्मयाह,

नहेम्याह 10:3

पशहूर, अमयाह, मल्कियाह,

नहेम्याह 12:10

येशूअ योयाकीम्‌का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।

नहेम्याह 12:12

योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएःसरायाहको कुलका अगुवा मरायाह थिए।यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।

हाग्गै 1:1

फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।

हाग्गै 1:12

तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसंग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसंग डराउन थाले।

हाग्गै 1:14

तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।

हाग्गै 2:2

वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,

हाग्गै 2:21

“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।

जकरिया 3:1

त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।

जकरिया 4:6

तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

Interlinear

Choose Theme