Home Bibles ☰ Books 1 इतिहास 15:17 · नेपाली बाइबल
1 इतिहास 15:17 · नेपाली बाइबल

तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

Cross references

1 शमूएल 8:2

शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।

1 इतिहास 6:18

कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

1 इतिहास 6:24

जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।

1 इतिहास 6:29

यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।

1 इतिहास 6:33

यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।

1 इतिहास 6:39

आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।

1 इतिहास 6:44

मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।

1 इतिहास 15:19

सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।

1 इतिहास 16:41

हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

1 इतिहास 16:42

गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

भजनसंग्रह 73:1

साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।

भजनसंग्रह 83:1

हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।

Interlinear

Choose Theme