Home Bibles ☰ Books नहेम्याह 3:16 · नेपाली बाइबल
नहेम्याह 3:16 · नेपाली बाइबल

तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।

Cross references

यहोशू 15:58

यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,

1 राजा 14:27

यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

2 राजा 20:20

सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ।

1 इतिहास 2:45

शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

2 इतिहास 11:7

बेतसर, सोको, अदुल्लाम,

2 इतिहास 12:10

राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।

2 इतिहास 16:14

मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।

नहेम्याह 2:14

त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ। तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन।

नहेम्याह 3:9

तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

नहेम्याह 3:12

तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

नहेम्याह 3:14

रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

श्रेष्ठगीत 3:7

सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।

यशैया 7:3

तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।

यशैया 22:11

तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो।

Interlinear

Choose Theme