Home Bibles ☰ Books 2 इतिहास 12:10 · नेपाली बाइबल
2 इतिहास 12:10 · नेपाली बाइबल

राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।

Cross references

2 शमूएल 8:18

यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहि प्रमुख थिए।

2 शमूएल 23:23

बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।

1 राजा 14:27

यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

1 इतिहास 11:25

बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।

श्रेष्ठगीत 3:7

सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।

विलाप 4:1

हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।

Interlinear

Choose Theme