तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।
Cross references
बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।
योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं वर्षमा यहूदाका राजा भए।
अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।
सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ।
एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।
तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।
तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो।
सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।
परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।