मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।
Cross references
यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।
“यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।
दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।योआब अनि उसका मानिसहरू रातभरि हिंडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
तब दुइ वर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।
हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।मनश्शे यहूदाका राजा
यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखित थिए किनभने योशियाहको मृत्यु भएको थियो।
मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
उसलाई सोध, ‘तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ?’“तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दुखीत भएर भन्नेछन्। “हे! प्रभु।” मैले म कुरा तपाईंसँग भनेकोछु।”‘ यो सन्देश परमप्रभुबाट आएको हो।
विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे।
निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।