Home Bibles लूका 22:33 · नेपाली बाइबल
लूका 22:33 · नेपाली बाइबल

तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”

Cross references

2 राजा 8:12

हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?”एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”

हितोपदेश 28:26

जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिंड्छ ऊ सुरक्षित रहन्छ।

यर्मिया 10:23

हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।

यर्मिया 17:9

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।

मत्ती 20:22

अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”

मत्ती 26:33

पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”

मत्ती 26:40

त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

मर्कूस 14:29

पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”

मर्कूस 14:31

तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसंगै मर्नू परेता पनि म कहिल्यै तपाईंलाई इन्कानेर् छुईन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।

मर्कूस 14:37

तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ?के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ

लूका 22:57

तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”

यूहन्ना 13:36

शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”

प्रेरित 20:23

म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई र्पखिरहेको छ।

प्रेरित 21:13

तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”

Interlinear

Choose Theme