Home Bibles ☰ Books मत्ती 26:40 · नेपाली बाइबल
मत्ती 26:40 · नेपाली बाइबल

त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

Cross references

न्यायकर्ता 9:33

त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्वमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।

1 शमूएल 26:15

दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो।

1 राजा 20:11

राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”

श्रेष्ठगीत 5:2

म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

मत्ती 25:5

तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

मत्ती 26:35

तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।

मत्ती 26:38

येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”

मत्ती 26:43

येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।

मर्कूस 14:37

तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ?के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ

लूका 9:32

पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।

लूका 22:45

जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।

Interlinear

Choose Theme