तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ?के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ
Cross references
अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसंग गएनौ?”
“यर्मिया, यदि तिमी मानिसहरूसंग दुगुर्दा थाक्यौ भने कसरी घोडाहरूसित दगुर्न सक्छौ? यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने डरलाग्दो जग्गामा तिमी के गर्नेछौ? यर्दन नदीको किनारमा बढदै गरेको काँडे झाडीहरूमा तिमी के गर्ने छौ?
त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”
तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?
पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”
फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा र्फकनु भयो। उहाँले तिनी हरूलाई सुतिरहकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।
मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।
जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।
यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहून हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ।
विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।